ट्रकले मोटरसाईकललाई ठक्कर दिदां एक युवकको ज्यान गएको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको शुभलाभ ट्रेडर्स अगाडी बीरगंज पथलैया सडक खण्ड नजिकै ना ५ ख २८९५ नम्बरको ट्रक बिरगंज तर्फ जाँदै गर्दा बिपरीत दिशाबाट आउंदै गरेको ना ४० प ४१९५ नम्बरको मोटरसाईललाई ठक्कर दिदां जितपुर सिमरा उपमहानगरपािलका वडा नम्बर २ बस्ने २५ वर्षीय उदीत नारायण झा र सोी स्थान बस्ने उत्पल आर्चाय गम्भिर घाईते भएका थिए । घाईते दुबैजनालाई परवानीपुर स्थित रहेको न्युरो अस्पतालमा उपचारको क्रममा उदित नारायण झाको मृत्यु भएको छ भने आर्चायको दाहिने खुटा र टाउकोमा गम्भिर चोट लागेको बारा प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकका चालक बारा प्रहरीको नियन्त्रणमा रहेको छ भने मृत्क उदित नारायण झा मोटरसाईकल चालका रहेका थिए ।