श्रोत नखुलेको रकम सहित पर्सा प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पर्साका प्रहरी नायब उपरिक्षक सुभाष भटले जानकारी दिनुभयो । बिशेष सुचनाको आधारमा अबैध हुण्डीको रकम ओसार पोसार भईरहेको प्रहरीलाई सुचना पाएपछि बीरगंज महानगरपालिका वडा नम्बर ८ लिंक रोड नजिकै भारत बिहार मोतीहारी थाना रक्सौल वडा नम्बर १७ बस्ने २२ वर्षीय नेहाल कुमारलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा नेहालले बोेकेको कालो रंगको ब्यागभित्र लुकाई छिपाई राखेको अवस्थामा नेपाली दश लाख रुपैया बरामद गरिएको प्रहरी नायब उपरिक्षक सुभाष भटले भन्नु भयो, उनको साथबाट नेपाली एक हजार दरको नोट सात सय र पाँच सयको नोट ६०० थान बरामद गरिएको हो । पर्सा प्रहरीले बरामद बरामद गरिएको दशलाख रुपैयाको नेहालले श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक भटको भनाई रहेको छ । पक्राउ परेका नेहालल हुण्डी कारोवारमा संम्लग्न रहेका ब्यतिm हुन् । यता पर्सामा प्रहरी उपरिक्षक गौतम मिश्रको आगमान भएपछि हुण्डीका कारोवार गर्नेहरु माथि निगरानी प्रहरीले बढाएको छ ।