कलैया उपमहानगरपालिका संचालनमा रहेको नवजन्म पुनस्थापना सुधार केन्द्रमा बस्दै आएका मानिस एवम् कर्मचारीहरुले वडा नम्बर ९ रामपुरटोल बस्ने प्रदिप प्रसाद मण्डललाई कुटपिट गरी हत्या गरेको आरोपमा बारा प्रहरीले सातजना आरोपीहरुलाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय सरफराज मन्सुर, वडा नम्बर ४ बस्ने २२ वर्षीय निरज सरार्फ, वडा नम्बर ६ बस्ने २० वर्षीय राहुल भनिने महमद आशु मिया शेष , वडा नम्बर १ बस्ने २४ वर्षीय अरुण सरार्फ, , वडा नम्बर २ बस्ने २१ वर्षीय प्रमेश्वर साह, वडा नम्बर ३ बस्ने २९ वर्षीय तमन्ना अली र वडा नम्बर १ बस्ने १९ वर्षीय सागर गुप्ता रहेका छन् । मृत्क मण्डल १५ दिन अगाडी उपचारको लागी नवजन्म पुनस्थापनामा भर्ना भएका थिए । मृत्क मण्डलले सुधार केन्द्रमा रहेका कर्मचारीहरु संग समान्य विवाद भएको थियो । कर्मचारी संग विवाद गरेको निहु खोज्दै मण्डल मुर्गा बन अविस्कार गरेपनि सुधार केन्द्रमा रहेका मानिस तथा कर्मचारीहरुले मण्डललाई कुटपीट गरेका थियो । कुटपिटबाट सख्त घाईते भएका मण्डललाई उपचारको लागी कलैया सिटी अस्पतालमा भर्ना गरिएको थियो ा सिटी अस्पतालमा उपचार नभएपछि थप उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा उपचार गराउंदा चिकित्सकले मृत घोषणा गरेको थियो ा सुधार केन्द्रमा कुटपीट गरी हत्या गरिएको आरोपमा मृत्कका आफन्तले ९ जनामाथी किटानी जाहेरी दिएको बारा प्रहरी उपरिक्षक सन्तोष तमांगले भन्नु भयो, जाहेरी दिएपछि सात जनालाई पक्राउ गरिएको बताउंदै अन्य दुईजनाको खोजतलाश भईरहेको बताउनु भयो । पक्राउ परेका सातजना आरोपीहरुलाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।