बीरगंज यातायात कार्यालयका प्रमुख धर्मेन्द्र कर्णले सवारी चालक अनुमती पत्र लाइसेन्समा ब्यापक अनियमितता गरेको आरोप लागेको छ । तत्तकालीन बारा जिल्लाको घरेलु कार्यालय अधिकृत हुदां पनि कर्ण बिवादित नै रहेका थिए । एनी हाउँ मनी कमाउ मानसिकता लिएका बीरगंज यातायात कार्यालयका प्रमुख धर्मेन्द्र कर्णले चोर बाटो अपनाएर २० हजार देखी २५ हजार सम्म सवारी चालक अनुमती पत्र लाइसेन्स सहज तरिकाले बितरण गर्दै आएका छन् । यातायात प्रमुख भएर आएको दिन कर्णले लाइसेन्सको लिखित तथा टा्रयलमा निष्पक्ष हुने दाबी गर्नुभएको थियो । तर वहाँले दाबी गरेको केही महिनामा नै बिचौलिया मार्फत मोटो रकम लिई लाइसेन्स दिईरहेका छन् । अन्य जिल्लाहरुबाट सवारी चालक अनुमतीपत्रको परिक्षामा फेल भएका ब्यतिmहरुले बीरगंज यातायात कार्यालयबाट सजिलै सँग मोटरसाईकल , जीप कार भ्यान , ट्रिपर लगायतका सवारी चालक लाइसेन्स लिईरहेका छन् । प्रत्येक ब्यतिm सँग मोटरसाईकलको रु १५ हजार , स्कुटरको १० हजार, कार जीप भ्यानको २० देखी २५ हजार , हेभी ट्रक र टिपरमा ३५ हजार देखी ४५ हजार रुपैया रकम असुल्दै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सरकारी निकायको कारवाहीबाट बच्नका लागी कार्यालय प्रमुख धर्मेन्द्र कर्णले युतिm लगाएर चोरबाटो अपनाएर लाइसेन्स बितरण गरिरहेका छन् । सेटिंग भएका सेवाग्रहीहरु सँग यातायात कार्यालयका प्रमुख धर्मेन्द्र कर्णका हनुमान तथा बिचौलियाहरुले लिखित परिक्षामा पाँच देखी सातवटा प्रश्नोतरमा टिक लगाउन निर्देशन दिने गर्छन् । यसरी टिक लगाउंदा सेटिंग भएका सेवाग्रहीहरुलाई हाकिम कर्ण तथा टा्रफिक प्रहरीले सहज तरिकाले परिक्षामा पास गराउने गरेका छन् । बीरगंज यातायात हाकीम धर्मेन्द्र कर्ण यती चर्तुर खेलाडी रहेका छन् कि यातायात कार्यालय बीरगंज शाखाले लाइसेन्सको फारम भर्न आवहान गरेपछि फारम भर्नको संख्या कहिले पनि सार्वजनिक गर्देनन् । पास फेलको नतिजामा कुनै स्पष्टता हुदैन् । टोटल सख्या लुकाउनुको उदेश्य नै लाइसेन्समा अयोग्य रहेका परिक्षार्थीहरुबाट मोटो रकम लिई हाकीम कर्णले लाइसेन्स बितरण गर्ने गरेका छन् । टा्रयल सेन्टरमा जडान रहेको सिसी क्यामराबाट बच्नका लागी कर्णले २० दिन देखी २५ दिन पछि लाइसेन्सको नतिजा प्रकाशित गर्ने गरेका छन् । टा्रयल सेन्टरमा रहेको सिसी क्यामराले १५ दिन सम्मको मात्र प्लेब्याक रहेको १६ दिनमा आफै डिलीट हुने गरेको हुनाले सवारी चालक अनुमती पत्रको परिक्षामा फेल भएका ब्यतिmहरुलाई लाइसेन्स दिइएको यस दैनिक सँग प्रमाण सुरक्षित रहेको छ । बीरगंज यातायात कार्यालयका प्रमुख धर्मेन्द्र कर्णका बिश्वासपात्र रहेका सोही कार्यालयका शाखा अधिकृतहरुले अनिमियताबाट आएको रकम बाँडफाड गर्ने गरेको आरोप लागेको छ । एक शाखा अधिकृतको ईशारामा भारतीय नम्बरको सिमबाट व्हाट्सएप संचालन गरी लाइसेन्सको नम्बर लिने गरेका छन् । कानुनी कारवाहीबाट बच्नका लागी प्रयोग गरिएको भारतीय नम्बरको व्हाट्सएप यातायातको मुख्य बिचौलिया राजकुमार गुप्ताले चलाउने गरेको गुप्ताले स्वयम् नास्ता खाने पसलमा स्वीकार गरेका छन्् । शाखा अधिकृतको ईशारा तथा हाकीम साहेब कर्णले भनेपछि भारतीय नम्बर प्रयोग गरी व्हाट्सपबाट नै लाइसेन्सको डिल हुने गरेको छ । एक पटक यातायात कार्यालय बीरगंजले सवारी चालकको अनुमती पत्र आवहान गर्दा कम्तीमा करोडौ रुपैयाको अनियमितता हुने गरेको छ । २०८१, ११, १२ गते एक के तथा थपको परिक्षा हुने सुचना यातायात कार्यालय बीरगंजले सुचना जारी गरेको छ । अहिले देखी नै बिचौलियाले राज कुमार गुप्ताले लाइसेन्स बनाइदिने भन्दै रकम उठाउने निर्देशन शाखा अधिकृतले दिएका छन् । रकम लिई लाइसेन्स बितरण कार्यमा टा्रफिक प्रहरी कार्यालय पर्साका प्रमुखको पनि संम्लग्नता रहेको छ । क्रमश