मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बीरगंजको अस्पताल अनुगमन गर्ने क्र्रममा बीरगंजको प्रतिमा चोकस्थित रहेको इण्डो नेपाल हस्पिटललाई बन्द गर्न निर्देशन दिनुभएको स्वास्थ्य तथ जनसंखया मन्त्रालयका अधिकृत संतोष ठाकुरले बताउनु भयो । मुख्यमन्त्री सिंह सहितको टोलीले बीरगंजमा संचालन भईरहेको अस्पतालमा अनुगमन गर्नुभएको थियो अनुगमनको क्रममा इण्डो नेपाल हस्पिटल अनुमति नलिई संचालन गरेको पाईपछि तत्काल उतm हस्पिटल बन्द गर्न निर्देशन दिनुभएको अधिकृत ठाकुरले भन्नु भयो, ईण्डो हस्पिटलमा भर्ना भएका बिरामीहरुलाई अन्यत्र अस्पतालमा उपचार गराउन इण्डो नेपाल हस्पिटलका कर्मचारी निर्देशन दिदै पुर्ण रुपमा अस्पताल बन्द गर्न आदेश दिएका हुन् । अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले बीरगंजको भवानी अस्पताल , प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वाेत्तम अस्पताल , स्पर्श मलिटस्पेसियालिटी अस्पताल लगायत निरीक्षण गर्नु भएको थियो । मुख्यमन्त्री सतिश कुमार सिंहको टोलीले अनुगमन गर्ने क्रममा भवानी अस्पतालबाट निस्कीएको फोहोरमैला छुट्टै बयवस्थापन गर्न समेत निर्देशन दिइएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अधिकृत सन्तोष ठाकुरले जानकारी दिनुभयो । अनुमिता बिना संचालन गरिएको ईण्डो नेपाल अस्पताललाई कडा भन्दा कडा कारवाही हुनुपर्ने उतm अस्पतालमा भर्ना भएका आफन्तहरुले भने, बिरामीको स्वास्थ्य सँग खेलवाड गर्ने अस्पालका कर्मचारी तथा मालिकलाई मुख्यमन्त्री सतिश कुमार सिंहले कस्तो कारवाही गर्लान त ? ा