वीरगञ्ज । भारतको ओडिशा राज्यस्थित किट विश्वविद्यालयमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालका लागि न्याय माग्दै वीरगञ्ज स्थित रहेको भारतीय महावाणिज्य दुतावास अगाडी प्रर्दशन गरेका छन् ।
नेकपा ९माओवादी केन्द्र० निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० का विद्यार्थीहरूले लम्साललाई न्याय दे , दोषी कारवाही गर , किट बिश्वबिधालयका अधिकारीलाई कारवाही गर, नेपाली बिधार्थीहरुको सुरक्षा ग्यारेन्टी गर लगायत घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका छन् ।
युवा विद्यार्थी नेता मेरोज अहमदको नेतृत्वमा रहेका विद्यार्थीहरूले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि हातमा प्ले कार्ड लिई नारा लगाउंदै प्रर्दशन गरेका छन् । ।भारतीय पक्षसँग तत्काल कूटनीतिक तहमा पहल गरेर प्रकृति लम्सालको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने आफ्नो माग गरेको अहमदले बताए ।