पुर्वरानी कोमश शाहको ७५ औं जन्मोत्सवको अवसरमा बिभिन्न राजावादी संगठनहरुले बीरगंजमा बिभिन्न कार्यक्रम गरी मनाएका छन् । बीरगंजको हनुमान मन्दिर अगाडी राजभत्त देशभत्तका अध्यक्ष दिपेन्द्र रौनियार अधयक्षतमा सम्पन्न भएको कार्यक्रममा सन्तोष श्रीवास्ताव , पशुपति बिक्रम शाह ,उषा शाही, महेन्द्र साह, रामनारायण साह, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थिती भएका वक्ताहरुले पुर्वरानी कोमल शाहको जीवनी बारेमा चर्चा गर्दे बर्तमान परस्थितीमा जनताहरुले राजालाई रोजेको दाबी गर्दे देशलाई दलालहरुको षड्यन्त्र जोगाउनका लागी राजा आउनु पर्ने बताएका छन् । यसैगरी नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनक लाल साहले बीरगंजमा शान्तिपुर्ण शुभकामना रयाली निकालेका छन् । रयालीमा सहभागी भएका वक्ताहरुले राजा आउँ देश बचाउँ नारा लगाएका थिए । कार्यक्रममा संगीता देबी साह, परवेश साह, कुष्ण चौहान, मदन ठाकुर , शम्भु घिमिरे लगायतका सहभागिता रहेको थियो ।