पर्सा प्रहरीले अबैध लागु औषध चरेस बरामद गरेको छ । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ स्थित रहेको भलुवाही खोलाबाट बेवारिशे अवस्थामा ११ किलो चरेश बरामद गरिएको हो । झाडीमा लुकाएर राखिएको अवस्थामा एक बोरा फेला परेको प्रहरी निरीक्षक थापाले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।