राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नेपाल १३ नं। गण हे।क्वाँ वीरगञ्ज, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा बीरगंजको वीरगञ्जको घण्टाघरबाट सुरु भएको लिंक रोड हुँदै नयाँ बसपार्कसम्म सरसफाई गरिएको हो । कार्यक्रममा जिल्ला प्रहर िकायाृलय पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र , जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्की, तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान सहित नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, सुरक्षा निकायका पदाधिकारीहरू, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा एन।के। इन्टरनेशनल प्रा।लि।का टिम लगायत ५०० भन्दा बढीको उपस्थिति रहेको थियो।