हिन्दी चलचित्र नायकमा अभिनय गरेका अभिनेता अनिल कपुरको भुमिका दर्शकहरुले मन पराएका थिए । नायक फिल्ममा बलिवुड स्टार अनिल कपुर एक दिनको लागी सिएम बनेपछि २४ घण्टामा नै उनले सत्ता तथा कानुनी ब्यवस्थामा परिवर्तन ल्याउन सफल हुन्छन् । हिन्दी चलचित्र नायकका अभिनेता अनिल कपुर जस्तै भुमिका मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले निर्वाह गर्ने प्रयास गरिहेका छन् । बुधवार मुख्यमन्त्री सतिश कुमार सिंह लगायतका टोलीले बीरगंजका अस्पताल तथा क्यासिनोमा अनुगमन तथा निरीक्षण गर्दा झट्ट नायक फिल्मको दुश्य जस्तै लागेको त्यहाँ उपस्थित भएका बिजय भन्ने ब्यतिmले भने, मुख्यमन्त्री सतिश कुमार सिंहले प्रतिमा चौक नजिकै संचालन गरेको इण्डो हस्पिटलले अनुमति बिना नै संचालन गरेको पाएपछि तत्तकाल नै इण्डो हस्पिटल बन्द गर्न निर्देशन दिनुभएको थियो । बुधवार बीरगंजमा सञ्चालनमा रहेको अस्पतालको मुख्यमन्त्री सतिश कुमार सिंहको टोलीले निरीक्षण तथा अनुगमन गर्नुभएको हो । अनुगमनको क्रममा नै बीरगंजमा सञ्चालित रहेको क्यासिनोहरुमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको टोलीले अनुगमन तथा निरीक्षण गर्दा एक नेपाली युवक जुवा तास खेलीरहेको अवस्थामा फेला परेका छन् । क्यासिनोका सञ्चालकहरुले बीरगंजमा नेपाली युवाहरुलाई सहज तरिकाले क्यासिनोमा प्रवेश गराईरहेका छन् । जुवा तासमा बीरगंजका युवाहरु करौडो रुपैया भन्दा बढी गुमाएर बसेका छन् । क्यासिनोमा नेपालीहरुलाई प्रवेश निषेध रहेको छ । क्यासिनोमा नेपालीहरु जुवा तास खेलेर कंगाल भएको बिभिन्न सञ्चार माध्यममा समाचार आएपछि आफु क्यासिनोमा अनुगमन तथा निरीक्षण गर्दा एक जना नेपाली जुवा तास खेलीरहेको अवस्थामा फेला परेको मुख्यमन्त्री सतिश कुमार सिंहले भन्नु भयो, क्यासिनोले आर्थिक लाभ लिनका नेपाली युवाहरुलाई जुवा तासको लत लगाएको बताउनु भयो । बीरगंजको लड्स अफ दियालोको किड्स क्यासिनो र सुरज होटलको क्यासिनोमा मुख्यमन्त्री सतिश कुमार सिंहले अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा क्यासिनोहरूमा प्रवेश व्यवस्थापन प्रणाली व्यवस्थित नभएको पाइएपछि मुख्यमन्त्री सिँहले ती क्यासिनो सञ्चालकहरूलाई आवश्यक कागजातसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्। नायक फिल्ममा अभिनेता अनिल कपुरले नियम बिपरीत गर्ने ब्यतिmलाई तुरुन्तै कारवाही गर्थे, मुख्यमन्त्री सिंहले पनि बुधवार बीरगंजमा जुन प्रकारको अनुगमन गरेर कारवाही गरे त्यो नायक फिल्मका अभिनेता अनिल कपुर भन्दा कम नरहेको त्यहाँ उपस्थित सर्वसाधारणहरुको भनाई रहेको छ ।