अबैध लागु औषध गाँजा तथा चरेश सहित पर्सा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्त सुभाष भटले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारत बंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने २८ वर्षीय राज अधिकारी रहेका छन् । उनको साथबाट प्रहरीले लागु औषध गाँजा ६ केजी ३०० ग्राम र चरेश २ किलो १०० ग्राम बरामद भएको प्रहरी नायब उपरिक्षक भटले बताउनु भएको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जांदै गर्दा शंकराचार्य गेटमा प्रहरीले शंकाको आधारमा अधिकारीले बोकेको ब्याग खानतलाशी गर्दा ब्यागभित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध बरामद गरिएको हो । पक्राउ परेका राज अधिकारीलाई लागु औषध मुद्दामा अनुसन्धान भईरहेको छ । यसैगरी लागु औषध चरेश सहित एक महिला पक्राउ परेकी छिन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले शंकराचार्य गेट अगाडी चेकजाँच गर्दा नेपालबाट भारत तर्फ जाँदै गर्दा ११ किलो ४०० ग्राम चरेश सहित बारा प्रसौनी गाउापालिका वडा नम्बर २ बुनियाद घर भई हाल बीरगंज महानगरपािलका वडा नम्बर १६ बसपार्क नजिकै हाल बस्दै आईरहेकी ३० वर्षीय आरती यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक भटले भने, पक्राउ परेकी आरती यादवले बोकेको ब्याग शंकाको आधारमा प्रहरीले चेकजाँच गर्दा रातो रंगको इषले भित्र प्लाष्टिकमा सानो सानो पोकामा चरेश लुकाएर राखेको अवस्थामा बरामद भएको हो । पक्राउ परेकी यादवलाई लागु औषध मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरिक्षक शुभाष भटले भने, नेपालबाट भारत तथा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरु माथी प्रहरीले कडा निगरानी राखेको बताउनु भयो ।