बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर २ रामपुर टोकनीमा नि शुल्क आँखा शिविर सम्पन्न भएको छ । किरण आँखा अस्पतालको आयोजनामा सम्पन्न भएको नि शुल्क आँखा शिविरमा १४१ जनाको आँखा परिक्षण गरिएको सो अस्पतालकी आरती गुप्ताले भनिन् परिक्षण गरिएका बिरामीहरु मध्ये २९ जनामा मोतिया बिन्दु फेला परेका जानकारी दिईन् । उक्त शिविर परवानीपुर वडा नम्बर २ का वडा अध्यक्ष महम्द नुरुल्ला ओधाको प्रमुख अतिथी सम्पन्न भएको कार्यक्रममा बिशिष्ट अतिथी वडा सचिव सन्तोष नेपाली शिविरमा अस्पतालका प्राविधिक पुष्पा सरार्फ, कमलेश कुमार रामबाबु चोरसिया लगायतको उपस्थिती रहेको थियो ।