मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको अशिवार्दले बीरगंज यातायात कार्यालयका प्रमुख पद पाएका धर्मेन्द्र कर्णले सवारी चालक अनुमतीपत्र लाइसेन्समा ब्रम्हलुट मच्चाएको यातायात कार्यालयका एक कर्मचारीले आरोप लगाएका छन् । प्राय कार्यालयमा उपस्थित नहुने यातायात कार्यालयका प्रमुख धर्मेन्द्र कर्णले गोप्य नम्बर लिई सवारी चालक अनुमती पत्रको काम गर्दै आईरहेका छन् । श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको निकट ब्यतिm भएको भन्दै हाकीम कर्णले नियम बिपरीत काम गर्दै आईरहेको यातायात कार्यालय बीरगंजका एक अधिकृतले नाम नछाप्ने शर्तमा भने, हाम्रो हाकीम धर्मेन्द्र कर्ण साहेब घुस लिनमा पिएचडी नै गर्नु भएको छ । उहांको जति नै पोल खोलेपनि वहाँलाई केही फरक नपर्ने जनाउँदै वहाँमाथी मन्त्री कौशल किशोर रायको आर्शीवाद रहेको छ । कहिले काही कार्यालय आएको बेला हाकीम कर्णले मन्त्रीलाई भनेर तिमीहरुको सरुवा गराईदिने रवाफ दिदै आएको ती कर्मचारीको दाबी रहेको छ । यातायात कार्यालय बीरगंज कार्यालयका प्रमुख धर्मेन्द्र कर्णले अयोग्य रहेका ब्यतिmहरु सँग मोटो रकम लिई लाईसेन्स बितरण गर्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा कानुनी कारवाहीबाट बच्नका लागी प्रमुख कर्णले बिचौलिया मार्फत रकम लिने गरेका छन् । सवारी चालक अनुमती पत्रको लिखित परिक्षा हुदां रकम दिएका परिक्षार्थीहरुलाई प्रश्नोत्तरमा पाँच देखी सातवटामा मात्र ठीक लगाउने हाकिम धर्मेन्द्र कर्णका बिश्वासपात्र कर्मचारी राम सुन्दर महतोले निर्देशन दिने गरेका छन् ।रामसुन्दर महतोको सर्लाही जिल्ला सरुवा भएपनि उनले रकम खुवाएर पुर्ण यातायात कार्यालय बीरगंजमा काज गराएर आएका छन् । राम सुन्दर महतोको काज हाकीम कर्णले नै बीरगंज यातायात कार्यालयमा गराएको आरोप पनि लाग्दै आईरहेको छ । कर्मचारी महतो , शाखा अधिकृत नवाज हुसैन तथा बिचौलिया राजकुमार गुप्ताले मोटो रकम लिई अयोग्य रहेका ब्यतिmहरुलाई खुले आम लाइसेन्स बितरण गरिरहेका छन् । कानुनी कारावाहीबाट बच्नका लागी शाखा अधिकुत नवाज हुसैन, राम सुन्दर महतो, हाकीम धर्मेन्द्र कर्णले
बिचौलिया राजकुमार गुप्ताललाई प्रयोग गर्दै आईरहेका छन् । शाखा अधिकृत हुसैन , कर्मचारी राम सुन्दर महतोले भारतीय नम्बरको सिम प्रयोगबाट ब्हाटसप संचालन गरी लाइसेन्सको नम्बर लिने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बच्नका लागी भारतीय सिम प्रयोग गरेर क्हाटसपमा लाइसेन्सको नम्बर लिने गरेका छन् ा शाखा अधिकृत नवाज हुसैन राम सुन्दर महतो तथा हाकिम धर्मेन्द्र कर्णले मोटो नजराना लिई आपसमा रकमको भागभण्डा लगाएपछि लाइसेन्स बितरण गर्ने गरेका छन् । प्रत्येक ब्यतिm सँग मोटरसाईकलको रु १५ हजार , स्कुटरको १० हजार, कार जीप भ्यानको २० देखी २५ हजार , हेभी ट्रक र टिपरमा ३५ हजार देखी ४५ हजार रुपैया रकम असुल्दै आएका छन् । यातायात कार्यालय बीरगंज शाखाले लाइसेन्सको फारम भर्न आवहान गरेपछि फारम भर्नेको संख्या कहिले पनि सार्वजनिक गर्दैनन् । पास फेलको नतिजामा कुनै स्पष्टता हुदैन् । केही रकम लिई यातायातका कर्मचारीहरुले अयोग्य रहेका ब्यतिmहरुलाई सवारी चालक अनुमती पत्र लाइसेन्स दिदां सवारी दुर्घटना हुने गरेको छ । हाकिम धर्मेन्द्र कर्ण , शाखा अधिकृत नवाज हुसैन र राम सुन्दर महतोले एक पटक लाइसेन्स आवहान गर्दा करोडौ रुपैया अनियमितता गर्ने गरेका छन् । २०८१, ११, १२ गते सवारी चालक अनुमतीपत्रको लिखित परिक्षाको आवहान गरेपनि अहिले देखि नै बिचौलिया राजकुमार गुप्ता सक्रिय रुपमा लागी परेका हुन् । टा्रयल सेन्टरमा रहेको सिसी क्यामराको
े १५ दिन सम्मको मात्र प्लेब्याक रह्ने र १६ दिनमा आफै डिलीट हुने गरेको हुनाले सवारी चालक अनुमती पत्रको परिक्षामा फेल भएका ब्यतिmहरुलाई लाइसेन्स दिइएको यस दैनिक सँग प्रमाण सुरक्षित रहेको छ । हाकिम धर्मेन्द्र कर्ण , शाखा अधिकृत नवाज हुसैन , कर्मचारी राम सुन्दर महतो लगायतहरुले अयोग्य रहेका ब्यतिmहरुलाई लाइसेन्स बितरण गरेर ब्यापक अनियमितता गरेका हुन् । क्रमश