इस्कोन बीरगंजद्धारा बीरगंजमा दोसा्रे पटक श्री जगन्नाथ रथयात्रा निकालिएको छ । बीरगंजको घण्टाघरबाट निस्कीएको रथयात्रा माईस्थान, आर्दशनगर, अलखियामठ , आर्दशनगर लगायत नगर परिक्रमा गरी बसपार्कमा पुगेर समापन भएको थियो । बीरगंज इस्कोनले आयोजना गरेको श्री जगन्नाथ रथयात्रामा भतmजनहरुको घुईचो लागेको थियो । रथयात्रामा हरे , राम हेर कृष्ण नारा लगायंदै श्रदालुहरुले शान्तिपुण तरिकाले रथयात्रा निकालेका हुन् । बीरगंजमा ईस्कोनका लागी ठुलो मन्दिरको आवश्यकता रहेको महानगरपालिका मेयर राजेश मान सिंहले भने, आउने दिनहरुमा रथयात्रालाई निरन्तरा दिएर यो भन्दा बढी उल्लासपुर्ण ढंगले मनाउनुपर्ने बताउनु भएको थियो । सो अवसरमा वीरगञ्ज महानगरपालिकाका पूर्व प्रमुख विजय कुमार सरावगी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, समाजसेवी एवम्् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा, र्ईस्कोन नेपालका अध्यक्ष परमेश्वर अचुदास लगायतको उपस्थिती रहेको ईस्कोन वीरगञ्जका सचिव पियुष गुप्ताले जानकारी दिए । कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका केन्द्रिय सदस्य देवेश गुप्ताले गरेका थिए । सो अवसरमा पर्सा प्रहरीले ब्यापक प्रहरी परिचालन गरेको थियो ।