श्रोत नखुलेको रकम सहित सशस्त्र प्रहरीले बीरगंजबाट एक भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति राधेश्याम धितालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारत बिहार पुर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल बस्ने ३४ वर्षीय कन्हैया कुमार गुप्ता रहेका छन् । उनको साथबाट प्रहरीले नेपाली पाँच लाख बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक धितालले भन्नु भयो, बिशेष सुचनाको आधारमा हुण्डीको कारोवार भईरहेको सुचना पाएपछि सशस्त्र प्रहरीबलबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपािलका वडा नम्बर १६ भन्सार गेट अगाडी चेकजाँच गर्ने क्रममा बी आर ०५ एबी ६६९४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल नियन्त्रणमा लिई शरीर खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा कन्हैयाबाट पाँच लाख रुपैया बरामद गरिएको हो । बीरगंजबाट मोटरसाईकलमा सवार भई पक्राउ परेका कन्हैया भारतको रक्सौल तर्फ जाने क्रममा पक्राउ परेका हुन् । हुण्डीको रकम सहित पक्राउ परेका भारतीय कन्हैयालाई मोटरसाईकल सहित थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको छ ।