बारा प्रहरीले बिभिन्न स्थानहरुमा संञ्चालन भएको अबैध मदिरा भट्टीहरु नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी निरीक्षक दिलिप कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले अबैध मदीरा भट्टीमा रहेका घरेलु मदिरा नष्ट गरिएको हो । प्रहरीले महागढीमाई नगरपालिका – ३ राम टोलमा र वडा नम्बर – १०, ग्वासटोलमा रहेका घरेलु मदिरा भट्टीहरू नष्ट गरिएको छ ।सो क्रममा प्रहरीले चार लाख ८० हजार रुपैयाँ मूल्य बराबरको आठ हजार लिटर कच्चा पदार्थ र ११५ वटा प्लास्टिकका ड्रम ९ठूला तथा साना० ४ वटा मदिरा उत्पादन गर्ने मेशिन समेत नष्ट गरेको छ ।