१३ महिला सहित बारा र पर्साको बिभिन्न स्थानहरुमा सम्पन्न भएको रक्तदान कार्यक्रममा २२९ जनाले रक्तदान गरेका छन् । बीरगंजको छपकैया , बाराको नौतन गण्डक र जीतपुर सिमरा उपमहानगरपािलकामा सम्पन्न भएको रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नौतन गणडकमा नीयोरता ईन्टरप्राइजेजले गरेको कार्यक्रममा ४ महिला सहित १०३ जनाले रक्तदा गरेका छन् रक्तदान दिनेहरुमा ललिता देबी ,किरण देबी, रज्जन कुमार साह लगायतका ब्यतिmहरुले रक्तदान दिएको रगतसञ्चार केन्द्र बीरगंजका सौरभराज पाण्डेले बताउनु भयो । यसैगरी बीरगंज महानगरपालिका वडा नम्बर २ स्थित रहेको ब्रम्हकुमारीको आफनो भवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७ महिला सहित ५३ जनाले रतmदान गरेका छन् । ब्रम्हकुमारी राजआयोग रबिना दिदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रेडक्रस पर्सा सोसाइटीका सभापति बृजकिशोर पटेल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई लगायतको उपस्थिती रहेको थियो । यसैगरी बीरगंजको बिभिन्न समाजिक कार्य क्षेत्रमा काम गर्दै आईरहेका ब्यतिmहरुलाई ब्रम्हकुमारी बीरगंजले सम्मान गरेको छ।