सशस्त्र प्रहरीले अबैध लागु औषध गाँजा बरामद गरेको छ । बिओपी बेनौली बाराबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक बिश्वराज कुवँर क्षेत्रीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा हेटौडा रामनगरबाट बाराको कोतवाली तर्फ जाँदै गरेको ना ८ ख ९०२७ नम्बरको मालवाहक ट्रकबाट १०३ किलो गाँजा बरामद गरेको हो । डिउटीमा खटिएका सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा मालवाहक ट्रक भित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरीको भनाई रहेको छ । प्रहरी गाँजा बरामद गरेपनि ट्रक चालकलाई नियन्त्रणमा लिन सकेको छ्रन् । सशस्त्र प्रहरीको दाबी अनुसार ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ट्रक चालक फरार भएको दाबी रहेको छ । ठुलो परिणाममा प्रहरीले गाँजा बरामद गर्ने तर चालक भने फरार हुने प्रहरीको नियत माथी नै शंका लागेको सशस्त्र प्रहरीका एक अधिकृतले भने, सशस्त्र प्रहरीले बरामद गरेको गाँजा सहितको ट्रक जिल्ला प्रहरी कार्यालय बारामा प्रहरीलाई जिम्मा लगाएको छ ।