स्ववियु निर्वाचन निष्पक्ष ढँगले नभएको भन्दै ठाकुरराम बहुमुखी क्याम्पसका दश वटा बिधार्थी संगठनहरुले निर्वाचन खारेजको माँग गर्दे १५ दिन भित्र पुननिर्वाचन हुनुपर्ने माँग गरेका छन् । स्वतन्त्र बिधार्थी युनियन स्ववियु निर्वाचनमा केही राजनितिक दलका नेताहरुले स्थानिय प्रशासनको बलमा धाँधली गराएको भन्दै मतदान हुने बेला देखी नै बिरोध भईरहेको थियो । मतगणना सुरु गर्नै क्रममा सात नम्बरको मतपेटिकाको सिल नम्बर उम्मेदवारका प्रतिनिधी सँग भएको नम्बरसँग मेल नखाएपछि निर्वाचनमा अनियमितता भएको भन्दै नेकपा ९माओवादी केन्द्र० निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०, नेकपा ९एमाले० निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन, जनमत पार्टीसहित स्वतन्त्र युवा समूह, सुधीर पटेल समूहलगायत सङ्गठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पुननिर्वाचनको माँग गरेका हुन् । मतदानबाट फर्जी मत बरामद भएपछि निर्वाचन निष्पक्ष ढँगले नभएको स्पष्ट देखिएको बताउँदै १५ दिन भित्र पुननिर्वाचन हुनुपर्ने बिधार्थी नेताहरुले बताएका छन् । मतपेटिकाको सिल नम्बर उम्मेदवारका प्रतिनिधीसँग भएको नम्बरसँग फरक परेपछि बिधार्थीहरु ठाकुरराम बहुमुखी क्याम्पस गेट अगाडी टायर बालेर चुनावमा धाँधली भएको भन्दै बिरोध प्रर्दशन गरेका छन् । दशवटा बिधार्थी संगठनहरुले एक साथ प्रेश बिज्ञप्ती जार िगर्दै निर्वाचनमा अनियमितता भएको आरोप लगाएपछि स्थानिय प्रहरी प्रशासन चनाखो भएका छन् ।