समाजिक सञ्जालको मार्फतबाट सात वर्षपछि आमा छोराको पुनर्मिलन भएको छ । मानसिक रुपले कमजोर भएकी महिला भारतबाट नेपाल प्रवेश गरेकाी थिइन् । उनलाई स्थानिय वासिन्दाको सहयोगमा इलाका प्हरी कार्यालय हेलम्बुले उद्धार गरी २०८० साल असार १ गते मानव सेवा आश्रममा आश्रय लिएर बसेकी थिईन् । मानसिक रुपले कमजोर भएकी महिलाले आफनो वतन र पहिचान बताउन नसकेपछि मानव सेवा आश्रममा बास बसेर बस्दै आएकी हुन् । बिगत दुईवर्ष अगाडी बीरगंजस्थित मानव सेपा आश्रम बस्दै आएकी महिलाको पहिचान खुलाउन आश्रमले समाजिक सञ्जाल फेसबुकको मार्फत भिडीओ मार्फत अभियान नै चालएको थियो । समाजिक सञ्जाल मार्फत उनको घर भारतको मध्यप्रदेश स्थित रहेको पन्वासामा रहेको जानकारी प्राप्त भएपछि सातवर्ष देखी हराएकी महिलालाई उनको छोरा लखन सिंह भारतको मध्यप्रदेश पन्वासाबाट बीरगंज आएको मानव सेवा आश्रम बीरगंजका प्रमुख संस्थापक देवेब गुप्ताले जानकारी दिनुभयो । चैत्र ७ गते महिलालाई उनका छोरालाई जिम्मा लगाएर उनी आफनो घर फर्किएने गुप्ताले बताउनु भयो ।