अबैध लागु औषध अफिम सहित पर्साको कहुदरमाई नगरपालिका वडा नम्बर ६ भौराटार बस्ने ३३ वर्षिय अमेरिकम प्रसाद गोढलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा किशोर लम्सालले भन्नु भयो, लागु औषध बिक्री बितरण भईरहेको हामीलाई सुचना पाएपछि सादा पोशाकमा प्रहरी परिचालन गरी निगरानी बढाइएको थियो । अमेरिका प्रसाद गोढको घरमा अपरिचित ब्यतिmको आवत जावत बढी भएको जानकारी आएपछि गोढको घरमा छापामारी गर्दा लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध १३ किलो गाँजा र अफिम २५० ग्राम फेला परेको प्रहरी नायब उपरिक्षक किशोर लम्सालले बताउनु भएको छ । पक्राउ परेका अमेरिका प्रसाद गोढलाई लागु औषध गाँजा तथा अफिममा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक लम्साले जानकारी दिनुभयो । यसैगरी सशस्त्र प्रहरी बल पर्साले बेवारिसे अवस्थामा लगाु औषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा ६४ किलो अबैध लागु औषध गाँजा बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बरका गणपति राधेश्याम धितालले जानकारी दिनुभयो । बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुर स्थित रहेको ढड्गही खोलाको नजिकैबाट लुकाई छिपाई राखेको अवस्थामा ६ पोका गाँजा बरामद गरि ईलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।