यही चैत्र २३ गते गहवामाई माताको दोसा्रे डोली यात्रा निकालिने कार्यक्रम रहेको माईस्थान मन्दिर सञ्चालका समितीका अध्यक्ष नरेन्द्र साहले बताउनु भयो । चैते दसैको अष्टमीका दिन पारेर बीरगंजको प्रमुख शक्तिपिठ गहवामाई मन्दिरको दोसा्रे डोली यात्रा निकालिने भएको छ । गहवामाई मन्दिरको प्राड्णबाट निस्कीएको डोलीले आर्दशनगर, अलखियामठ , बिर्ता लगायतका स्थानहरुको नगर परिक्रमा गरी पुन माईस्थान गहवामाई मन्दिरको प्राड्णमा समापन हुने कार्यक्रम रहेको अध्यक्ष साहले भन्नु भयो ।