फाल्गुण २८ गते सर्वाेच्च अदालतले बीरगंजको मुख्य सडक बिस्तारको बिरोधमा घरधनीहरुले दिएको रिट निजेदन खारेज गरेपछि सडक बिभागले बीरगंजको मुख्य सडक २५, २५ मिटर फराकिलो पार्ने तयारी सुरु गरेपछि बीरगंज मुख्य सडक बिस्तारको बिरोध उत्रिएका घरधनी तथा ब्यवसायीहरु आंदोलन गर्ने चेतावनी दिएका छन् ा त्रिभुवन राजपथ अन्तर्गत पर्ने बीरगंजको मुख्य सडकमा परेका घरधनीहरुले युवा तथा ब्यापारीसडक पिडित संघर्ष समिती गठन गरेका छन् । उतm संघर्ष समितीका अध्यक्ष बीरगंज महानगरपालिकाका ९ का वडा अध्यक्ष ज्वाहर गुप्तालाई सर्वसम्मतले चयन गरेका छन् । बिहीवार मुख्य सडकमा पर्ने ब्यवसायीहरुले आफनो पसल बन्द गरेर शान्तिपुर्ण आंदोलनमा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिनुभयो । सडक बिस्तार गर्दा उचित मुआब्जा नपाए सम्म हामा्रे आंदोलन जारी रह्ने वडा अध्यक्ष गुप्ताले भने, मुख्य सडकमा घर भएका ब्यतिmहरुले घर भाडामा दिएर जिविकायापन गर्दे आईरहेको घरधनीहरु सर्वाेच्चको फैसलापछि न घरको न घाटको भएको वडा अध्यक्ष जवाहर गुप्ताले बताए । हाम्रो माँग बेवस्ता गर्याे भने हामी चरणवद्ध आंदोलन गर्नछौ आंदोलनमा कुनै प्रकारको अप्रिया घटना भयो भने नेपाल सरकार तथा बीरगंज महानगरपालिकाले स्वयम् जिम्मेवार हुने वडा अध्यक्ष जवाहार गुप्ताले बताउनु भयो । बीरगंजको मुख्य सडक बिस्तारको लागी सडक बिभाग , नापी शाखा तथा बीरगंज महानगरपालिका अन्तिम चरणमा पुगिसकेको अब केही दिनमा मात्र बीरगंजको मुख्य सडक मेनरोड २५, २५ मिटर भत्किने भएको छ ।