१६ वर्षीय किशोरी गुञ्जा चौरसियाले आत्महत्या गरेको घटना सार्वजनिक भएपछि कलैयामा स्थानिय वासिन्दा तथा नेताहरुले प्रहरीको ब्यापक बिरोघ गर्दे मृत्क चौरसियाको शव राखेर प्रर्दकन गदरेका छन् ा एसइईको परिक्षा दिएर आएकी बारा महागढीमाई नगरपालिका – ६ बबुआईनकी १६ वर्षीय किशोरी गुञ्जा चौरसियाले आत्महत्या गरेकी हुन् । प्रहरी र जनप्रतिनिधीको दवावले गुन्जाले आत्महत्या गरेको उनका आफन्तहरुल भने, मङ्गलवार बारा जिल्लाको सदरमुकाम कलैयास्थित भरत चोकमा गुञ्जाको शवसहित ठूलो प्रदर्शन गर्दै आफन्त र स्थानीयले दोषीमाथि कारबाही गर्दै पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् गुञ्जाका आफन्तहरूका अनुसार, प्रहरी र वडा अध्यक्ष गेनालाल राउत अहिरले दिएको पटक – पटकको दबाब र मानसिक यातनाका कारण उनी आत्महत्या गर्न बाध्य भएकी आरोप समेत लगाएका छन् । गत फागुन १५ गते गुञ्जाका बुवा रामदिन चौरसिया र छिमेकी रामानन्द यादवबिच जग्गा(जमिनको विषयमा झैँ(झगडा भएको थियो । विवादपछि यादवले चौरसियाविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा कुटपिटको मुद्दा दर्ता गराए । मुद्दा दर्तासँगै चौरसियाविरुद्ध पक्राउ पुर्जी जारी भयो । पक्राउ पर्ने डरले चौरसिया फरार भएका थिए ा मृत्क गुन्जाका बुवा फरार भएपछि गृन्जा आफनो बहिनी सँग बस्दै आएकी थिईन् । रामदिन चौरसियालाई पक्राउ गर्ने पटक वडा अध्यक्ष यादवले प्रहरी घरमा लिएर आउने गरेको , मानिष्क तनाव दिने गरेको हुनाले गृन्जाले आत्महत्याको बाटो राजेको उनका आफन्तहरुको भनाई रहेको छ । पढाईमा अब्बल रहेकी गुन्जाले एसइई अंग्रेजी, गणित, नेपाली बिषयको परिक्षा दिएर बसेकी थिईन् । मृत्क गुन्जाका शव कलैया उपमहानगरपालिका स्थित रहेको भरत चौकमा राखेर अहिले ब्यापक प्रर्दशन भईरहेको छ । दोषीलाई कारवाही मांग गर्दे बिरोध भएको हो ।