बीरगंजमा एकजना नावालिकामाथि पटक पटक बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । बलात्कार भएकी किशोरी पढ्न जाँदा पानीमा नशालु पदार्थ मिसाएर मानसिक रुपले सुस्त बनाई बलात्कार गरेको पिडीत किशोरीले प्रहरी समक्ष बयानमा भनेकी छिन् ा आफनै बुवाको मिलने सार्थीले यस्तो दुब्र्यहार गरेको जानकारी दिईन् । पिडीत किशोरीको गर्भमा १० हप्ताको बच्चा रहेको चिकित्सकले जनाएपछि उनको आफन्तहरुले प्रहरीमा उजुरी दिएको हो । बलात्कार गर्ने ब्यतिmको घरमा पढ्न जाँदा पानीमा नशालु पदार्थ मिसाएर पटक पटक यौन शोषण गरेको भावुक हुन्दै ति नावालिकाले प्रहरीमा भनीन् कसैलाई यसबारेमा अवगत गराएयो भने ज्यान मार्ने धम्की दिएको अनि तिम्रो बुवा आमाको ईज्जत नरह्ने भन्दै त्रास दिर्दै पटक पटक बलात्कार गरेको बताईन् । घटनाबारे प्रहरीले जानकारी पाएपछि ५२ वर्षीय शेष मोहम्मद अनवरलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । बीरगंज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर बस्ने अनवर हाल बीरगंज महानगरपालिका वडा नम्बर १३ मुर्लीमा बसोबास गर्दै आईरहेका थिए ा पक्राउ परेका अनवरले आफनो सार्थीको छोरी माथी पहिला देखी नै गलत नियतले हेर्दै आइरहेका थिए ा पिडीत किशोरीले जाहेरी दिएको आधारमा हामीले बलात्कार गरेको आरोपमा शेष मोहम्मद अनवरलाई नियन्त्रणमा लिई अनुसन्धान गरिहेको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले भन्नु भयो, प्रहरीले जबरजस्ती करणी मुद्दामा दर्ता गरी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालेको जानकारी दिनुभयो । पिडीत नावालिकाको स्वास्थ्य परिक्षणको रिर्पाेट आउने बाँकी रहेको हुनाले अहिले किशोरी प्रहरीको संरक्षणमा रहेकी छिन् , किशोरीको गर्भमा १० हप्ताको बच्चा रहेको हुनाले चिकित्सकको सल्लाह अनुसार उनलाई हेरबिचार गरिहेको पर्साका प्रहरी उपरिक्षक मिश्रले बताउनु भयो । यता पढ्न गएकी नावालिकालाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको घटना बाहिर सार्वजनिक भएपछि उतm घटनाको सर्बेत्र बिरोध भईरहेको छ ।