सशस्त्र प्रहरी पर्साले भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ । अबैध तरिकाले चोरी पैठारी गरी भारतबाट नेपाल तर्फ मोटरसाईकलमा लोड गरी ल्याईरहेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बीओपी महादेवापटीबाट प्रहरी निरीक्षक नरेन्द्र सिंह बिस्टको कमाण्डमा खटिएका प्रहरी टोलीले ८० किलो भारतीय कुखुरा बरामद गरि नष्ट गरिएको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ बसन्तपुर नजिकै ना ३८ प ३१५८ नम्बरमा सवार भएका कुखुरा तस्करले गस्ती गरीरहेका सशस्त्र प्रहरीलाई हेर्न बितीकै मोटरसाईकल छाडेर फरार भएका छन् । प्रहरीले बरामद गरेको भारतीय कुखुरा वडा अध्यक्ष, समाजसेवी तथा सञ्चारकर्मीको उपस्थितीमा नष्ट गरेको हो । बरामद गरिएको मोटरसाईकल थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका डिएसपी नरेन्द्र सिंह धामीले बताउनु भयो ।