लागु औषध गाँजा सहित बारा प्रहरीले चारजनालाई पक्राउ गरि अनुसन्धान थालिएको हो । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने ३६ वर्षीय नन्दकिशोर घलान , वडा नम्बर ८ बस्ने ३६ वर्षीय नन्दकिशोर सहनी, सोही स्थान बस्ने २८ वर्षीय बिर बहादुर डम्बा तथा हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटो बस्ने २७ वर्षीय सोमलाल पाख्रीन रहेका छन् । प्रहरीले १५० किलो अवैध गाँजा उनीहरुको साथबाट बरामद गरेको हो । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र लागु औषध नियन्त्रण ब्युरो बीरगंजको संयुतm प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहा स्थित दुधौरा खोला पार गरी रतनपुरबाट बकुलिया तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिई खानतलाशी गर्दा उनीहरुले टाउकोमा बोेकेको ६ बोरा चेकजाँच गर्दा गाँजा बरामद भएको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका चारजनालाई गाँजामा अनुसन्धान थालिएको बाराका प्रहरी उपरिक्षक सन्तोष तामांगले जानकारी दिनुभयो ।