पर्सा प्रहरीले लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय बसिर अंसारी रहेका छन् । उनको साथबाट निट्राजेपाम लेखिएको १० एमजी २४ पिस लागु औषध बरामद भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम बस्नेतले बताउनु भयो । सवारी चालक अनुमतीपत्रको लिखित परिक्षा दिन आएका अंसारी परिक्षाकेन्द्र नै लठ भएर होहल्ला गर्दा जिल्ला टा्रफिक प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी तथा वडा प्रहरी कार्यालय श्रीपुरको संयुतm प्रहरी टोलीले अंसारीलाई नियन्त्रणमा लिई चेकजांच गर्दा उनले शरीर भित्र लुकाई छिपाइ राखेको अवस्थामा अबैध लागु औषध बरामद भएको प्रहरी निरीक्षक बस्नेतले बताउनु भएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक बस्नेतले भन्नु भयो ।