१५ वर्ष देखी घरपरिवारबाट टाढा रहेकी ८० वर्षीय आलिया बीबी मानव सेवा आश्रम बीरगंजको पहलमा आफनो परिवार सँग पुनर्मिलन भएको छ । २०७४ साल मंसिर १ गते बिर्ता मन्दिरदेखी नारायणी अस्पतालको बिचमा मानसिक अवस्था कमजोर भई कष्टपुर्ण तरिकाले जीवन बिताइरहेकी आलिया बिबीलाई मानव सेवा आश्रमले उद्धार गरी आश्रय दिइएको थियो । लामो समय सम्म आलियाको चेकजाँच तथा औषधी चलाएपछि उनी कष्टकरजीवनबाट मुतm भएकी थिईन् । उनको हात तथा खुटामा किरा समेत परेको थियो । मानव सेवा आश्रम बीरगंजले पटक पटक आलिया बिबिका परिवार सँग र्मिलन होस भन्दै प्रयास गरेको थियो । लामो प्रयास पछि आलिया बिबिका आफन्तहरु भारतको पश्चिम बंगालस्थित पुर्व मेदनिपुर जिल्ला मगवान्पुर थाना अन्तर्गत राधापुर गाउँमा रहेका आफन्तको जिम्मा लगाइएको छ । आलियालाई लिने बंगालबाट भाई सफु्रदिन , भतिजहरु मुस्ताक र बिप्लब मलिक , भान्जा सहजा अली खान र भाईबुहारी गुन्डी बीबी रहेका थिए , १५ वर्ष पछि पुनर्मिलन हुदाँ बीबीका आफन्तहरु भावुक भएका थिए ा