नेता चोर देश छोड, राजा आउँ देश बचाउँ, हिन्दु राष्ट्र कायम गर, संघीयात खारेज गर जस्ता नारा लगाउँदै राजावादी समुहहरुले बीरगंजमा बिरोध रयाली प्रर्दशन गरेका छन् । नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय बीरगंजले आयोजना गरेको बिरोध रयालीमा गणतन्त्रमा नाउँमा नेताहरुले लुटतन्त्र मच्चाएको आरोप हुन् । बीरगंजको घण्टाघरबाट निस्कीएको बिरोध रयाली माइस्थान, आर्दशनगर, अलखियामठ। घडिअर्वा लगायतका स्थानहरुको परिक्रमा गर िपुण घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दे नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल साहले बर्तमान सरकारले तानशाही भएको आरोप लगाउंदै शान्तिपुर्ण तरिकाले आंदोलन गरीरहेका आंदोलनकारीहरु मार्थी प्रहरीद्धारा आशुग्यांस प्रहार गरी आंदोलन अशान्त बनाएको बताउनु भयो । शान्तिपुर्ण तरिकाले आंदोनल गरेका राजावादी नेताहरुलाई बर्तमान सरकारले तुरुन्तै रिहा गर्नुपर्नै माँग राख्दै हाम्रो माँग सरकारले पुरा नगएपछि देशभरी आंदोनल गर्नै अध्यक्ष शाहले भन्नु भयो, आंदोनलमा अराजकता फैलाउने बर्तमान सरकारको अहम भुमिका रहेको जनाउंदै राजा तथा राजावादीहरुलाई बदनाम गर्नका लागी बिभिन्न प्रकारको षड्यन्त्र बुनेको दाबी गर्नुभयो । देशमा नेताहरुले लुटतन्त्र मच्चाएको हुनाले नेपाली जनताले वाक्क दिवक भएको बताउँदै अध्यक्ष शाहले बर्तमान परिस्थितीमा देशलाई राजाको खाँचो रहेको दाबी गर्दै आंदोलनमा राजाको पक्षमा नेपाली जनताहरु उलिर्एको बताउनु भयो । नेपाल राष्ट्रवाद संघले आयोजना गरेको बिरोध कार्यक्रममा राजावादीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । यसैगरी राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र एवम् प्रतिनिधी सभाका सदस्य ध्वल शम्शेर जबरालाई राज्यले गैरकानुनी तरिकाले नियन्त्रणमा लिई मुद्दा दर्ता गरेकोमा राप्रपा पर्साले बीरगंजमा बिरोध प्रर्दशन गरेका छन् । बीरगंजको घण्टाघरमा आईतवार सांझ राप्रपाका नेता तथा कार्यकर्ताहरुले नेता चोर देश छोड, हिन्दु राष्ट्र कायम गर , राजा आउँ देश बचाउँ जस्ता नारा लगाउँदै हाम्रो माँग पुरा नभएसम्म आंदोलन जारी रह्ने बताएका छन् । बर्तमान सरकारको बिरोधमा बीरगंजमा राप्रपाक तथा राजावादीहरुले केही स्थानमा राँके जुलुश समेत प्रर्दशन गरेका छन् ।