अबैध लागु औषध खैरौ हिरोईन सहित चार भारतीय नागरिकलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा किशोर लम्सालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा भारत बिहार पुर्वी चम्पारण रक्सौल वडा नम्बर १४ मौजे बस्ने ३९ वर्षीय कृण्ण कुमार , रक्सौल वडा नम्बर १३ बस्ने ३८ वर्षीय सुधिर कुमार, सोही वाड बस्ने ४८ वर्षीय अमित कुमार र रक्सौल ग्राम सिसवा वडा नम्बर १ बस्ने २७ वर्षीय राजा कुमार यादव रहेका छन् ा उनीहरुको साथबाट प्रहरीले २२० ग्राम खैरौ हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरी नायब उपरिक्षक लम्सालले भने, हामीलाई लागु औषध मुद्दामा फरार रहेका अभियुतm कृण्ण कुमार बीरगंज तर्फ आउने सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुतm प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउंदै गरेको दचण्म्भ्ण्ण्ण्ठ नम्बरको भारतिय स्कापियो गाडीलाई नियन्त्रणमा लिई खानतलाशी गर्दा लागु औषध मुद्दामा फरार रहेका कृष्ण कुमार फेला परेको प्रहरी नायब उपरिक्षक लम्सालले भन्नु भयो, कृष्ण कुमार फेला परेपछि उनीह चढेको कालो रंगको स्कार्पियो गाडीको पछाडिपटी डिक्की भित्र कार्पैटले छोपी कालो रंगको प्लाष्ष्टिक झोलामा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले २२० ग्राम खैरौ हिरोईन बरामद गरेको हो । लागु औषध खैरौ हिरोईन सहित पक्राउ परेका चारजना भारतिय नागरिकलाई लागु औषध मुद्दामा अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक किशोर लम्सालले बताउनु भयो ।