समाजिक सञ्जाल फेसबुकमा सद्भाव रयाली बहिष्कार गरौ भन्दै ब्यापक अभियान नै चलेको छ । समाजिक सञ्जाल फेसबुकमा सनातन उमेश , रमिता देवी लगायत फेसबुक प्रयोगकर्ताहरु आफनो पेजमा सद्भाव रयाली बहिष्कार गरौ भन्दै अभियान नै चलाएका छन् । पटक पटक हिन्दुहरुमाथी दमन तथा अत्यचार गर्ने अन्य समुदायहरुलाई कहिले पनि कारवाही नभएको बताउंदै कारवाही नभएसम्म सद्भाव रयालीको कुनै औचित्य नरहेको बताएका छन् । सनातन हिन्दु धर्ममाथी पटक पटक प्रहारको प्रयास भएपनि राज्यले अहिले सम्म कारवाही नगरे अवस्था रहेको छ । हनुमान जयन्तीको पावन अवसरमा बिभिन्न हिन्दुवादी नेताहरुको पहलमा शोभयात्रा रयाली निकालिएको थियो । शान्तिपुर्ण रयालीमा समुदायका ब्यतिmहरुले बीरगंजको छपकैयामा ढुगांमुढां प्रहार गरेपछि स्थिती तनावग्रस्त स्थिती भएको थियो । हिन्दु माथी मुस्लिम पक्षका केही ब्यतिmहरुले छत तथा अतिमखानाबाट ढुगांमुढा प्रहार गर्न थालेपछि दोहोर ढुगांमुढां प्रहार भएको थियो । ढुगांमुढा प्रहारबाट पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रको हातमा चोट पटक लागको छ भने एक दर्जन भन्दा बढी प्रहरी घाईते भएको र दुई दर्जन भन्दा सर्वसाधारण नागरिकहरु घाईते भएका छन् । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिनका लागी दुई रायण्ड हवाई फायर तथा ४६ राउण्ड आशुग्यांस प्रहार गरेको छ । अराजकता मच्चाएको ब्यतिmहरुले नियन्त्रणमा नआएपछि स्थानिय प्रहरी प्रशासनले बीरगंजमा अप्रिय घटना नहोस उदेश्यको साथ कर्पयु जारी गरेको हो । स्थितीलाई नियन्त्रणमा लिनका लागी स्थानिय प्रशासनले हिन्दु तथा मुस्लिम पक्षमा अगुवाहरुलाई बोलाएर सर्वपक्षीय बैठक गराएको छ । सर्वपक्षीय बैठकमा मुस्लिम र हिन्दु पक्षका अगुवाहरु भनाभन गरेपछि समाजिक सञ्जालमा ब्यापक बिरोध भईरहेको छ । पक्ष बिपक्षका फेसबुक प्रयोगकर्ताहरुले सद्भाव रयालीमा हामी सबैजना एकजुट हुनुपर्नै लेखिएका छन भने अर्काे प्रयोगकर्ताले सद्भाव रयालीको नाउँमा राजनितिक दलका केही नेताहरुले आफनो राजनितिक गरीरहेको आरोप लगाएका छन् । हनुमान जयन्तीको दिनमा नै अरु समुदायका ब्यतिmहरुले किन ढुगांमुढा गर्ने गरेका छन त ? उनीहरुको पर्वमा हामीले कहिले पनि ढुगांमुढा गरेका छैनौं हाम्रो पर्वलाई किन लक्षित गरेको हो त ? सर्वपक्षीय बैठकमा आवाज उठेको छ । ढुगांमुढां प्रहार गर्ने ब्यतिmको पहिचान गरी कानुनी दायरामा ल्याउनु पर्नै सनातन उमेशको माँग रहेको छ । दोषीलाई कुनै हालतमा उन्मुतिm दिनु हुदैन् ।