हनुमान जन्मोत्सवको अवसरमा बिभिन्न हिन्दुवादी संगठनहरुले आवहान गरेको शोभयात्रामा अन्य समुदायका ब्यतिmहरुले ढुगांमुढा प्रहार गरेपछि दुईपक्ष बीच झपड भएको थियो । उतm झपड उग्ररुप लिएपछि स्थानिय प्रशासनले कर्पयु जारी गरेको थियो । झडपमा पर्साका प्रहरी उपरिक्षक सहित प्रहरी निरीक्षक लगायत एक दर्जन भन्दा बढी घाईते भएका हुन् । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिनका लागी ४२ रायण्ड आशुग्यांस र दुई रायण्ड हवाई फायर गरेको हो । स्थानिय प्रशासनले दुबै पक्षलाई बोलाएर सर्वदलीय बैठक गरेको थियो । बैठकमा हिन्दु तथा मुस्लिम पक्षका अगुवाहरुले दोषीलाई कारवाही , घाईतेलाई उपचार लगायत चार बुंदे सहमती भएको हो । उतm समहती अनुसार प्रशासनले हनुमान जन्मोत्सवको अवसरमा सद्भाव भडकाएको आरोपमा बीरगंजको छपकैयाबाट मुस्लिम पक्षका तीन जना र हिन्दु पक्षबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ । हिन्दु पक्षका दुईजना निर्दाेष ब्यतिmलाई प्रहरीले फसाउने षड्यन्त्र खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा धर्ना दिएर बिरोध जनाएका छन् । प्रहरीले ज्यादती गरेको भन्दै हिन्दु संगठनमा आवद्ध भएका ब्यतिmहरुले बीरगंजको घण्टाघरमा पेटा्रेल छर्रेएर आगो लगाई प्रहरी प्रशासन बिरुद्ध नाराबाजी लगाएका छन् । घटनामा नभएको हिन्दुलाई प्रहरीले जबरजस्ती पक्राउ गरी फसाउन लागेको भन्दै बिरोध गरिएको एक हिन्दु नेताले भने, प्रहरीले लाठी चार्ज समेत गर्दा केही हिन्दु नेता लगायत पत्रकार घाईते भएका छन् । लाठीचार्जबाट पत्रकारको टाउको फुटेको छ ।थप बिवरण आउन बाँकी