हिन्दुवादी नेता तथा प्रहरी प्रशासन बीच झडप हुदां समाचार संकलन लागी खटिएका एभिन्युज टेलिभिजन पर्साका पत्रकार अर्जुन गुप्ता माथी प्रहरी लाठी चार्ज गर्दा घाईते भएका छन् । घाईते गुप्ताको टाउकोमा प्रहरी लाठी प्रहार गर्दा टाउको फुटेको छ भने उनलाई तीनवटा टाका लागेको हो । गुप्ता प्रहरीको लाठी चार्जबाट घाईते भएपछि स्थानिय पत्रकारहरुको सहयोगमा मोटरसाईलकमा बसाएर उनलाई नारायाण्ी उप क्षेत्रीय् अस्पतालमा उपचार गराएका छन् । घाईते गुप्तालाई नारायणी उप क्षेत्रीय् अस्पतालका चिकित्सकले तीनवटा टाउकोमा टाका लगाएको बताए । प्रहरीले निर्दाेष हिन्दुवादीहरु लाई फसाउन षड्यन्त्र खेलेको भन्दै बीरगंजको बिभीन्न स्थानहरुमा टायर बालेर प्रहरी बिरोध प्रर्दशन भईरहेको छ । हनुममान जन्मोत्सवको अवसरमा अन्य समुदायका ब्यतिmहरुले हिन्दुहरु माथी ढुगांमुढां प्रहार गरेपछि दुबैपक्ष बाट ढुगामुढां हनाहान भएको हो । प्रहरीले ढुगांमुढां प्रहार गरेको आरोपमा हिन्दुवादी तर्फबाट दुई जना र मुस्लिम तर्फ तीनजनालाई पक्राउ गरेको छ । हिन्दुवादीहरुले निर्दाेष ब्यतिm नियन्त्रणमा लिई फसाउन खोजेको भन्दै बीरगंजको घण्टाघरमा बिरोध प्रर्दशन गर्दा प्रहरी र हिन्दुवादीबीच झपड हुदां प्रहरीले लाठीचार्ज गरेको थियो ा प्रहरी लाठी चार्जबाट पत्रकार गुप्ता लगायत अन्य पत्रकारहरु पनि घाईते भएका छन् ।