बुधवार दिउँसो पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रलाई मधेश प्रदेशका डिआइजी उमा शंकर चतुर्वेदीको फोन आउँछ , फोन आउन बितीकै पर्साका एसपी मिश्रले सर जय नेपाल भन्दै सम्बोधन गर्छन् , डिआईजी चतुर्वेदीले ठुलो परिणाममा पर्सा जिल्लाबाट अबैध चरेश लोड भएर गएको भन्दै, ट्रक नम्बर सहित जानकारी गराउनु प्रहरी उपरिक्षक मिश्रलाई , डिआईजी साहेबले सुचना दिएपछि एसपी मिश्र लगायत सम्पुर्ण पर्सा प्रहरी हाई अल्र्ट भएर आफनो मातहातमा रहेका प्रहरी चौकी परवानीपुर र सिर्सियाका प्रहरीलाई तैनाथ भएर सवारी साधन चेकजाँच गर्ने निर्देशन दिन्छन् । एसपीको निर्देशन तथा मधेश प्रदेशका डिआईजी चतुर्वेर्दीले प्रहरीको वाकिंग सेटमा प्रदेश २, ०३, ००१ ख् ६३४८ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिनु आदेश गरेपछि पर्साका प्रहरी उपरिक्षक मिश्रले आफनो टोली लिएर पनि मालवाहक ट्रकको खोजतालश तीब्र पार्नु भएको थियो । मकवानपुरको हेटौडाबाट बीरगंज तर्फ आउंदै गरेको प्रदेश २, ०२, ००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकलाई प्रहरी चौकी सिर्सियाका वरिष्ठ नायब निरीक्षक गंगन बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले बीरगंज महानगरपािलका वडा नम्बर २१ परवानीपुर चोक स्थित रहेको सडकखण्डमा रोकी राखेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिन सफल भएका हुन् । मालवाहक ट्रक नियन्त्रणमा लिइएको वरिष्ठ सई शाहीले पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रलाई अवगत् गराएपछि उतm ट्रकलाई प्रहरी चौकी सिर्सियामा खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ३१९ केजी चरेश बरामद भएको हो । चरेश बरामद भएपछि उतm कार्यमा अन्य ब्यतिmहरुको पनि संलग्नता रहेको आंशका पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले अनुसन्धान थालिएका हुन् । पर्साका प्रहरी उपरिक्षक मिश्रले ठुलो परिणाममा अबैध चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा पत्रकार सम्मेलन गर्दे चरेश तथा ट्रक चालकलाई सार्वजनिक गरेका छन् । चरेश सहित पक्राउ परेका चालक मकवानपुर थाश नगरपािलका वडा नम्बर १२ बस्ने ३६ वर्षीय बुद्धी बहादुर स्याड्तान रहेका छन् । स्याड्तानले ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा १३ पोकामा ३१९ केजी चरेश तथा खल्तीबाट नेपाली १ लाख ९२ हजार रुपैया बरामद भएको एसपी मिश्रले जानकारी दिनुभयो । चरेश सहित पक्राउ परेका स्याड्तानलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले बताए । बरामद गरिएको चरेशको बजार मुल्य करोड रुपैया भन्दा बढी भएको अनुमान गरिएको छ ।
चरेश कसरी जान्छ त ?
अधिकांश चरेश अबैध तरिकाले नेपालबाट भारत तर्फ जाने गरेको छ । नेपालको मकवानपुर , धादिग लगायतका जिल्लाहरुबाट उत्पादन गरिएको गाँजा तथा चरेश तराईको सिमानाका सँग जोडिएको नाकाबाट अबैध तरिकाले भारत तर्फ जाने गरेको हो । चरेशका कारोवारीहरुले अन्य नाका भन्दा बढी पर्सा जिल्लाको नाकाबाट कारोवार गर्ने रोजेका हुन्छन । पर्सा जिल्लाको सँग जोडिएको भारतको रक्सौल , आईसीपी , सुख्खा बन्दरगाह ,नरकटियागञ्ज, सिक्टा लगायतका स्थानहरुमा कम रकम लाग्ने भएको हुनाले गाँजा तथा चरेशको ओसार पोसार गर्र्नेका लागी पर्सा जिल्लाबाट नै कारोवार गर्ने रोजेका हुन्छन् ।