उद्योग व्यवसाय क्षेत्रको विकासको लागि बाधक रहेका कानूनहरु समय सापेक्ष सुधार गर्ने एवं थप नयाँ कानून बनाउने विषयमा पहल गर्न, आगामी वर्षहुने लगानी सम्मेलनको सहजीकरण गर्न, सरकारका विभिन्न मन्त्रालयहरु, विभाग तथा कार्यालयहरु र नीजिक्षेत्र बीच प्रभावकारी समन्वय कायम गर्न मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहको संयोजकत्वमा गठन गरिएकोमा उधोग वािणज्य संघले स्वागत गरेको छ । लामो समय देखी निजीक्षेत्रमा केही कुरा बाधक हुदां फड्को मार्नेमा कठिनाई समेत भईरहेको थियो ा देशमा लोकतन्त्र स्थापना भएपछि पहिलो पटक मधेश प्रदेशमा यस प्रकारको संयत्र बनेको उधोग वाणिज्य संघ बीरगंजका कर्मचारीले भने, आउने दिनहरु इस संयत्रको मार्फतबाट भविष्यमा यस प्रदेशले थप आर्थिक विकास गर्ने अपेक्षा सङ्घले राखेको छ । समितिका संयोजक सदस्यहरुमा अर्थमन्त्री उद्योग वाणिज्य तथा पर्यटन मन्त्री, मुख्यमन्त्री तथ मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव, निती तथा योजना आयोगका उपाध्यक्ष, सम्बन्धित मन्त्रालयका सचिव सहित नीजिक्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशमा अध्यक्ष श्री अशोककुमार टेमानी, नि.वर्तमान अध्यक्ष श्री गणेशप्रसाद लाठ, उपाध्यक्ष जितेन्द्र महासेठ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतम, लगायत रहेका छन् ।