लागु औषधको दुरुपयोग बन्द गरौं , स्वस्थ समाज निर्माण गरौ , युवालाई नशाबाट बचाऔ जस्ता नारा लगाउदै बीरगंजमा लागु औषध दुब्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रभातफेरी रयाली निकालिएको छ । बीरगंजको घण्टाघरबाट निस्कीएको प्रभात रयालीले माईस्थान, आर्दशनगर , अलखियामठ हुदै पुण घण्टाघरमा पुगी समापन भएको थियो । तीन महिने सचेतनामुलक अभियान अन्तर्गत निकालिएको प्रभातफेरी कार्यक्रममा युवाहरुले हातमा प्लेकार्ड बोकेर लागु औषध बिरोध सन्देश दिने खोजेका छन् । कार्यक्रमको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल गर्नु भएको छ । कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र, नेपाल इनोभेटिभ सोसाइटी बीरगंजका अध्यक्ष कमल चौलागाई ग्रीन सिटी सामुदायीक प्रहरी सेवा आर्दशनगरका अध्यक्ष प्रकाश खेतान लगायतको उपस्थिती रहेको थियो ।