बारा प्रहरीले बिल बिजक भन्दा बढीको तस्करीको समान लोड गरेको मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ । बीरगंजबाट सिमरा तर्फ जाँदै गरेको मधेश प्रदेश ०३, ००२ख १४४० नम्बरको मालवाहक कन्टेनरलाई ईलाका प्रहरी कार्यालय जीतपुरबाट वरिष्ठ सई जड कार्की कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपािलका वडा नम्बर ७ नजिकै उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको समान लोड गरेको फेला परेपछि कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको बाराका प्रहरी उपरिक्षक सन्तोष तमांडले भन्नुभयो, बिशेष सुचनाको आधारमा मालवाहक कन्टेनरमा फाईल , साबेल, तिलको भााडा , बदाम । दाना लगायत खुद्रा समानहरु लोड गरेको जानकारी आएपछि ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको भन्सार छली गरी ल्याएको समानहरु बरामद भएको जानकारी दिनुभयो । प्रहरीले ४३ लाख, ३४ हजार , ८ सय १० रुपैया बराबरको समानहरु बरामद गरेको दाबी गरेको छ ।