चेक अनादर मुद्दामा फरार रहेका एक अभियुतmलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३२ वर्षीय धनेश राम रहेका छन् । बारा जिल्ला अदालतले धनेश रामलाई चेक अनादर मुद्धामा दोषी ठहर गरेपछि उनी फरार भएका थिए । बिशेष सुचनाको आधारमा बारा प्रहरीले फरार रहेका राम लुकीछिपी बस्दै आईरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका धनेश रामलाई थप कारवाहीको लागी बारा जिल्ला अदालतमा शुक्रवार पेश गरिने बारा प्रहरीले जनाएको छ ।