बीरगंज प्रस्तावित सिमा सुरक्षा भन्सार गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बिशेष सुचनाको आधारमा राजस्व छली गरी ल्याएको आंशकामा १ लाख रुपैयाको खाद्दान्न सामाग्रीहरु नियन्त्रणमा लिइएको छ । बीरगंज भन्सारबाट खटिएको कर्मचारी, उधोगा वाणिज्य संघ बीरगंज तथा सशस्त्र प्रहरी नायब उपरिक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको संयुतm टोलीले बीरगंजको घण्टाघरबाट रेल्बे रोड नजिकै जाने बाटो निर एक गोदाममा छापामारी गर्दा अबैध तरिकाले ल्याएको चिनी, मसुरोको दाल २६ बोरा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक सुब्बाले जानकारी दिनुभयो । बरामद गरिएको चिनी तथा दाल थप कारवाहीको लागी बीरगंज भन्सार पठाइएको बीरगंज प्रस्तावित सिमा सुरक्षा भन्सार गुल्मका सशस्त्र प्रहरी नायब उपरिक्षक लोकेन्द्र सुब्बाले बताउनु भयो । यता सशस्त्र प्रहरीले छापामारी गरेको गोदामबाट बरामद गरिएको चिनी तथा मसुरोको दालको बिलबिजक हुदां पनि आफनो खाद्दान्न सामाग्रीहरु नियन्त्रणमा लिइएको ब्यापारीको भनाई रहेको छ ।