बीरगंजको शक्तिपिठ गहवामाई मन्दिरको रथ यात्रा अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरी जनाइएको छ । मधेश प्रदेशको ऐपतहासिक तथा सास्कृतिक श्री गहवामाई तीर्थ क्षेत्र बिकास समितीको आयोजनामा हुन लागेको रथयात्रा शुक्रवार बिहान ७ बजेर ३० मिनेटमा माइस्थान मन्दिरबाट भब्य रथयात्रा सुरु हुने भएको छ । पत्रकार सम्मेलनमा समितीले रथयात्रा कार्यक्रम खर्च, अनुमान तथा समितीको औपचारिक दर्ता लगायत महत्पवुर्ण जानकारी गरेको हो । रथयात्रासँगै छपन्न भोग, भजन(कीर्तन, महाप्रसाद तथा भव्य भण्डारा कार्यक्रमहरू बताउंदै समितिका अध्यक्ष श्यामकुमार पोखरेलका अनुसार, रथयात्रा तथा समग्र महोत्सवको अनुमानित खर्च करिब २५ लाख रुपैयाँ रहेको जानकारी दिनुभयो । श्री गहवामाई मन्दिरको रथयात्रा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी ब्यापक परिचालन हुने भएको छ ।