बीरगंजको बाल सुधार गृहमा दुई समुह बीच झडप हुदां स्थिती तनावग्रस्त भएको छ । बिभिन्न्न अपराधमा सजाय पाएका नावालकहरुलाई कैद भुक्तmान गर्नका लागी अदालतले बाल सुधार गृहमा चलान गरेको हो । शुक्रवार सांझ बाल सुधार गृहमा दुई समुह बीच झपड भएको प्रहरीलाई जानकारी पाएपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरी उतm झडपलाई नियन्त्रणमा लिन सफल भएको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले भन्नु भयो, अहिले स्थिती नियन्त्रणमा आएको बताउँदै बाल सुधार गृह परिसरमा ब्यापक प्रहरी तैनाथ भएको जानकारी दिनुभयो । बिवाद चर्काेएको आरोपमा पर्सा प्रहरीले ११ जना नावालकहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको हो । नियन्त्रणमा रहेका ११ जना नावालकहरुलाई पर्सा प्रहरीको बाल सुधार गृहमा राखिएको पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनु भयो । तत्तकालिन पर्साका प्रहरी उपरिक्षक कोमल शाहको बखतमा नेपाल सरकार बाट पाउने सेवा सुबिधाबाट बञ्चित गरेको भन्दै बाल सुधार गृहमा रहेकाहरुले आंदोनल नै गरेका थिए । प्रहरी र नावालकहर सँग ढुगांमृढा प्रहार समेत भएको थियो । स्थितीलाई नियन्त्रणमा लिनका लागी पर्सा प्रहरीले आशुग्यास नै प्रहार गर्नु परेको थियो । मानवअधिकार तथा पत्रकारको उपस्थितीमा प्रहरी र बाल सुधार गृहमा रहेका नावालक संँग पाँच बुदे सहमती भएपछि आंदोलन फिर्ता लिईएको थियो ।