जय माता दि, गहवामाई कि जय नारा लगाउँदै हजारौ भन्दा बढीको संख्यामा रहेका भतmजनहरु श्री गहवामाईको रथयात्रामा सहभागी भई भब्य रुपमा सम्पन्न भएको छ । गहवामाई मन्दिरको पुननिर्माणको १६ औं वार्षिकोत्सवको अवसरमा तेसा्रे रथ यात्रामा हजारौ भन्दा बढीको संख्यामा श्रदालुरुको उपस्थिती रहेको थियो । माईस्थान मन्दिरबाट निस्कीएको रथयात्रा घण्टाघर, नगवा , छपकैया, बिर्ता आर्दशनगर हुदै गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो । रथयात्रामा उल्लेखनीय भतmजनहरुको उपस्थिती हुदां रथयात्रामा खटिएका प्रहरीलाई सुरक्षा प्रदान गर्नका कठिनाई भएको थियो । रथयात्रामा बारा , पर्सा, रौतहट लगायत छिमेकी राष्ट्र भारतको रक्सौलबाट पनि श्रदालुहरुको यात्रामा सहभागिता जनाएका छन् । श्री गहवामाई मन्दिरको रथयात्रा माथी भतmजनहरुले फुलमाला ,तथा पुष्प वर्षका गरेका हुन् । यात्रालाई बीरगंजवासीहरुले बिभिन्न स्थानमा भब्य स्वागत गरेका छन् । यता रथयात्रामा सहभागी भएका बीरगंज महानगरपालिका मेयर राजेश मान सिंहले गहवामाईको रथयात्रामा निस्कीएको हुनाले नगरक्षेत्र भित्र दुई सम्म माछा , मासु तथा मदिरा बिक्री बितरण तथा सेवनमा महानगरपालिकाले रोक लगाएको बताउनु भएको छ । बीरगंजलाई धार्मिक तथा पर्टयक श्रेत्र बनाउनका अभियान थालेको मेयर सिंहले भन्नु भयो , गहवामाईको रथयात्राले टेवा पुयाएको बताउनु भयो । वहाँले बीरगंज महानगरपालिकाको सहयोग र समन्वयमा मन्दिर सञ्चालक समितीले तीनवर्ष देखी निस्कीएको रथयात्रा अभियान जारी राखेको र यसले हरेक वर्ष निरन्तर पाउने बताउनु भएको छ । गहवामाईको पुननिर्माण १६ औं वािर्षकोत्सवको अवसरमा गहवामाईको परिसरमा शुक्रवार सांझ भजन किर्तन, भब्य रुपले आरती सम्पन्न भएको छ । आरतीमा हजारौ भन्दा बढीको भतmजनहरुको उपस्थिती रहेको छ ।