ट्याक्टर दुर्घटना हुदां दुई किशोर ज्यान गएको छ एक जना घाईते भएको पर्सा प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो बीरगंज महानगरपालिका वडा नम्बर २८ स्थित रहेको बगही भेडा खोलाबाट माटो बोकेर बगही तर्फ जाँदै गरेको नम्बर प्लेट नभएको ट्याक्टर अनियन्त्रित भई पल्टिदां सडकबाट १५ फिट तल खस्दा ट्याक्टर चालक आकाश पटेल घटनास्थल मै मृत्यु भएको छ भने पछाडि सवार भएका गोलु पटेल च्पापिएर उनको ज्यान भएको पर्साका प्रहरी नायब उपरिक्षक सुभाष भटले जानकारी दिनुभयो । ट्याक्टरको ठक्करबाट घाईते भएका जय कुमार मण्डलको नारायणी अस्पतालमा उपचार भईरहेको छ । बगही बस्ने पन्न पटेलका १६ वर्षीय छोरा आकाश पटेल तथा राजेश पटेलका १७ वर्षीय छोरा गोलु पटेलको मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुभाष भटले भन्नु भयो । घाईते हुने १८ वर्षीय जय कुमार मण्डल इनर्वा गाउँका वासिन्दा हुन्् । उनको अवस्थामा बारेमा केही यकीन हुने सकेको छैन् । ट्याक्टरमा दुर्घटना परी दुई जनाको ज्यान गएको एक जना घाईते भएको प्रहरीलाई स्थानियहरुले अवगत गराएपछि घटनास्थलमा पुगेर प्रहरीले शवको मुचुल्का उठाएर दुबैजनाको शव पोष्टमार्डका लागी नारायणी अस्पतालमा पठाइएको प्रहरी नायब उपरिक्षक भटले बताउनु भयो । घटनाबारे अनुसन्धान भईरहेको बताउनु भएको छ ।