बीरगंज महानगरपालिका वडा नम्बर ४ स्थित रहेको श्री त्रिजृध्द्ध महावीर प्रसाद रधुबीर राम प्राविधिक माध्यमिक बिधालयमा नबिल बैंकले दश थान पंखा हस्तान्तरण गरेको छ । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उतरदायित्व सीएसआर कार्यक्रम अन्तर्गत बैंकका मधेश प्रदेश प्रमुख सुलभ कुमार श्रेष्ठले बिधालयका उप प्रधानाध्यापक बिनोद कुमार स्वर्णकारलाई दश थान पंखा एक कार्यक्रममा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बीरगंज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुको प्रमुख अतिथीमा पंखा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । नबिल बैंकको तर्फबाट सन्तोष साह कानु, सञ्जीब पांण्डे लगायतको उपस्थिती रहेको थियो । गर्मीयाममा छात्र तथा छात्राहरुलाई पठन पाठन केही राहत होस उदेश्यका साथ पंखा बितरण गरिएको नबिल बैंकका मधेश प्रदेशका प्रमुख सुलभ कुमार श्रेष्ठले बताउनु भयो ।