बारा प्रहरीले भारी मात्रामा अबैध लागु औषध गाँजा सहित चारजनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ । बिशेष सुचनाको आधारमा गाँजा ओसार पोसार भईरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम नेपाल प्रसाद नेपालको कमाण्डमा खटिएको ईलाका प्रहरी कार्यालय तथा प्रसौनीबाट संयुतm प्रहरी टोलीले हेटौडाबाट प्रसौनी गण्डक तर्फ आउंँदै गरेको अवस्थामा प्रदेश ०३ ०१, ०२४ च ४६३० नम्बरको सेतोर रंगको पिकअप गाडी नियन्त्रणमा लिई चेकजाँच गर्दा धानको भुषमा लुकाई पछपाई राखेको अवस्थमा २१२ किलो ९२८ किलो ग्राम गाँजा सहित चारजना पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक सन्तोष तामाँडेले बताउनु भयो । पक्राउ पर्नैहरुमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ तालुड बस्ने गाडीका चालक २८ रबि कार्की, सोही स्थान बस्ने टिसटुडका ४६ वर्षीय गोले, हेटौडा नगरपालिका वडा नम्बर १४ बस्ने उतरपानी निवासी २३ वर्षीय साजन मुक्तान र धादिड थाक्रे गाउँपालिका वडा नम्बर ७ आपसी चौक बस्ने ३१ वर्षीय महेश तामााड रहेका छन् । पक्राउ परेका चारजनालाई अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक तामाँड्ले भन्नु भयो ।