बारा प्रहरीले ९० लाख ६४ हजार बराबरको भन्सार छली गरी ल्याएको दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिई थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ । बिशेष सुचनाको आधारमा भन्सार छली गरी बिभिन्न सामानहरु लोड गरी बीरगंजबाट काठमांडौ तर्फ जाँदै गरेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ नजिकै ना ५ ख ३५५९ र ना ३ ख ७३११ नम्बरको कन्टेनर नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्द बढीको रेडिमेठ कपडा, टायर तथा खुदा्र सामानहरु बरामद भएपछि उतm दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरिक्षक सन्तोष तांमाँड्ले भन्नु भयो, बिलबिजकमा पनि शंकास्पद देखीएको हुनाले कारवाहीको राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको बताउनु भएको छ ।