जीतपुर सिमरा उपमहानगरपालिका सिमरा बिमानस्थल पछाडि बस्ने निरज पंडित १८ वर्ष पछि बीरगंज आएका हुन् । अष्ट्रेलियामा रोजगार गरिरहेका पंडित शनिवार साँझ बीरगंज डुल्न आएका हुन् । १८ वर्षको अवधिमा बीरगंज यत्रो बिकाशमा फड्को मार्छ सपनामा पनि कल्पना गरेका थिएन् उनले, बीरगंजको बिकाश हेरेर उनी अहिले दँग परेका छन् । उनको हातमा रहेको मोवाईल झिकेर बीरगंजको बिकाश भएको भिडिओ क्याम्रामा कैद गरिरेहका थिए । सरसफाई हरेर उनी हर्षित मात्र भएनन् उनले बीरगंज चौतर्फी प्रशंसा गर्ने बताए । अष्ट्रेलियामा रहेका नेपालीहरु सार्थीहरुलाई आर्थिक नगरी बीरगंज तीन वर्षको अवधिमा ठुलो बिकाश गरेको सार्थीहरुलाई देखाउनका लागी मोवाइलमा भिडीओ लिएको बताए । मैले समाजिक सञ्जालमा मात्र देखिरहेका थिए । बीरगंजको बिकाश बारे तर आज प्रत्यक्ष हेर्न मौक पाए, पंडित सम्झिदै भने मैले पनि प्लस टु कर्मस त्रिजुद्ध मावीमा रहेको बीसीसी क्याम्पसबाट अध्ययनरत गरेको छात्र हु । बीरगंज स“ग मेरो साईनो पनि रहेको छ । मेरो दिदी घर पनि बीरगंज नै हो उनले भने । पंडितले आर्दशनमा रहेको ठेलामा बेच्ने गरेको पानी पुरी खाँदा म पनि त्यही नै उपस्थिती रहेको थिए । उनले बीरगंज यती प्रशंसा गरेको सुन्दा मलाई ती निरज पंडित सँग कुरा गर्न मन लाग्यो । म हास्दै भने तपाईले त बीरगंजको धेरै प्रशंसा गर्नुभईरहेको छ । स्वाभिक पनि म पनि यही बीरगंज जन्मेको अनि पेशाले पत्रकार भएपछि सोध्न मन लागी हाल्यो । जवाफमा निरज पंडितले भने एउटा ब्यतिmले चाहेको खण्डमा बिकाश हुन्दो रहेछ, बीरगंजलाई आर्थिक नगरी भनेर चिनिने बीरगंजका मेयर राजेश मान सिंहले तीन वर्ष तीन महिनाको अविधमा मुहार नै फेरिसकेका छन् । वहाँ बिकाश प्रेमी मेयर रहेछ अहिले बीरगंजलाई हेरेर नै थाहा पाउँछ । सरसफाई देखी लिएर ब्यवस्थित बीरगंज बनाउनमा नगर प्रमुख राजेश मान सिंहको अहम भुमिका रहेको पंडितले भनेका छन् । रातीको बखतमा हेर्नुस त बीरगंजमा बती बलेर उज्जयालो बीरगंज भएको छ । झट् देख्दा बिदेशको झल्को जस्तो बीरगंज देखिरहेको निरज पंडितले भने, बीरगंज महानगरपालिकालाई संघीय सरकारले हरेक वर्ष बजेटमा कटौती गर्दा पनि बिकाश हुनु बीरगंजवासीहरुलाई गौरवमयको बिषय हो । एक दिनमा तीन पटक नगरक्षेत्रलाई महानगरपालिकाको सरसफाई गर्नै कर्मचारी पनि धन्यवादका पात्र रहेको निरज पंडित भनाई रहेको छ । निरज पंडित हास्दै भने अब म अष्ट्रेलिया गएपछि बीरगंजको बिकाश बारेमा चर्चा गर्नेछु भन्दै म सँग बिदा लिए ।