गहवामाई रथयात्रा समितीको आयोजनामा बीरगंज गहवामाई मन्दिर परिसरमा महाप्रसाद भण्डारामा हजारौ भन्दा बढीको श्रदालुहरुले प्रसाद ग्रहण गरेका छन् । दिउँसो ३ बजेर ३५ मिनेटमा शुरु गरिएको प्रसाद ग्रहण कार्यक्रम राति १० बजे सम्म झतजनहरुको आउने क्रम जारी नै रहेको छ । प्रसाद ग्रहण गर्नका लागी बारा, पर्सा , तथा छिमेकी राष्ट्र भारतबाट पनि भतmजनहरुको घुईचो लागेको थियो । माईस्थान मन्दिरको परिसरमा एक दर्जन भन्दा बढी स्टलहरु राखेर महाप्रसाद भण्डारा शुरु भएको हो । भण्डारा कार्यक्रममा महिलाकर्मीहरुको पनि बाक्लो उपस्थिती रहेको छ भने सरसफाईकर्मीहरु पनि परिचालित भएका छन् । गहवामाई मन्दिरमा शनिवार बिहान ५६ भोग चढाएको थियो । महाप्रसाद बितरण कार्यक्रममा पर्साका सुरक्षाका निकाय उच्च अधिकृतहरुले पनि प्रसाद ग्रहण गरेका हुन् । महाप्रासद बितरण कार्यक्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ब्यापक परिचालन भएका छन् ।