पर्साको ठोरीमा यौन धन्दा फस्टाएको भन्दै स्थानिय महिलाहरुको समुहहरुले यौन ब्यवसाय बिरोध उर्लिएका छन् । ठोराी गाउँपालिकामा रहेको होटलहरुमा खुलेआम यौनधन्दा सञ्चालमा रहेको छ । । ठोरी गाउँपालिका एरियामा चार वा पाँचवटा कटेज तथा होटलहरुमा भारतीय नागरिकहरुलाई होटल सञ्चालकले यौन सुबिधा उपलब्ध गराएको थियो । १५ वर्ष देखी २५ वर्ष मुनिका युवतीहरुलाई होटल सञ्चालकहरुले खुले आम यौन धन्दा सञ्चालमा ल्याएको हो । भारतीय नागरिकहरुले होटलमा जाँड रक्सी सेवन गर्नुको साथै होटलमा बसेका युवतीहर सँग शारीरिक सम्बन्ध राख्ने गरेका हुन् । समाजमा बिकृती तथा बिसंगती फैलिएको पटक पटक प्रहरीमा मौखीक तथा लिखीत निवेदन समेत दिदां कुनै कारवाही नभएपछि ठोरीका स्थानिय महिलाहरुले हातमा लठी फटा लिएर यौन क्रियाकलापमा संलग्न रहेका पुरुषलाई लखेट्दै पिटेर भगाएका छन् । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ४ आठघरका स्थानिय महिला समुलले अबैध यौन ब्यवसायी बिरुद्ध कडा बिरोध जनाएका हुन् । ठोरीका एक महिलाले गुनासो गर्दै भनिन् बिधालय पढ्न गएकी छात्राहरु माथी पनि गिद्ध नजरले हेर्न थालेपछि बाध्य भएर उतm कदम हामीले चालेको बताईन् । हामीहरुले यस क्षेत्रमा यौन ब्यवस्यास सञ्चालन गरेका होटलहरु बन्द गरिदिनका लागी ईलाका प्रहरी कार्यालय ठोरी तथा प्रहरी चौकी बिजयबस्तीमा पटक पटक अवगत गराउंदा पनि कुनै सुनवाई नभएको बरु होटल सञ्चालकले तिमीहरु प्रहरीमा गएर मेरो बिरोधमा बोले पनि केही नहुने यो ब्यवसाय सञ्चालन गर्नका हामीले नेपाली रुपैया मासिक ३० हजार र मदिरा दिने गरेको बताएपछि अन्तिम चरणमा हामीहरुले आफनो टोल समाजमा सुधार गर्नका लागी यौन ब्यवसायमा संलग्न रहेका पुरुषलाई लाठीले पिट्दै लखेटेको एक महिलाले बताउनु भयो । समाजमा खुले आम यौन धन्दा भईरहेको प्रहरीलाई स्थानिय महिलाहरुले जानकारी गराउँदा पनि हाल सम्म कुनै कारवाही नभएको अवस्थामा प्रहरी माथी नै गम्भिर प्रश्न उठेको छ । यसैगरी बीरगंजमा खुलेआम यौन धन्दा सञ्चालमा आउँदा प्रहरी मौन भएर बसेको छ। बसपार्क, , भिस्वा जाने रोड, नगवा,लगायतका स्थान तथा होटलहरुमा यौन धन्दा फस्टाउँदा पनि पर्सा प्रहरीले कुनै चासो नलिनुको कारण के नागरिक समाजका अगुवाहरुको भनाई रहेको छ ।